कांग्रेसको १५ औं महाधिवेशन आजको उद्घाटनसत्र जारी (Live)
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजको उद्घाटनसत्र जारी रहेको छ। काठमाडौंको खुल्ला मञ्चमा जारी उद्घाटन सत्रमा सत्तारुढ दल रास्वपासहित विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ।महाधिवेशन तालिकाअनुसार आज उद्घाटन सत्र,असोज १९ र २० गते बन्दसत्र र असोज २१ र २२ गते निर्वाचन हुने कांग्रेसले जनाएको छ।खुलामञ्चमा नै बन्दसत्र सञ्चालनका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
