SHARE
लोक पथ · बुधबार १४ असो २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै, डिम्याट खाता ८० लाख नाघ्यो

काठमाडौं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिमा प्रस्तुत गरेको तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ ।