SHARE
लोक पथ · बिहीबार ६ कात्िक २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

साउदी अरबमा ड्रोन आक्रमण : एक नेपाली कामदारसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ भने एक एक पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको आक्रमणमा मानवीय क्षति भएको साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।