SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत अवरुद्ध, काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो ।