SHARE
पर्दाफास · सोमबार १२ असो २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन ११५४ मेगावाट विद्युत भारतबाट आयात गरिने

नेपाल विद्युत प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उक्त मात्रामा विद्युत आयात गर्ने योजना रहेको बताएका हुन् ।