गिरीबन्धु टी खाएपछि कन्फिडेन्स आउँछ कि बालुवाटार ?
काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विपक्षी दलका नेताहरूप्रति कटाक्ष गरेका छन्। संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दा प्रधानमन्त्री बालेन शाहको कन्फिडेन्स नभएको टिप्पणी विपक्षी दलका नेताहरूले गरेपछि सुनारले जवाफ फर्काएका हुन्। उनले सोधे ‘घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ, हामी सुन्न चाहन्छौँ।’ उनले विपक्षी दलका नेताहरू जोडिएका काण्डको उदाहरण दिँदै प्रश्न उठाए।
