नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल काठमाडौं । नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलको प्राविधिक पक्ष, अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र व्यावसायिक विस्तारले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गरेको उनीहरूको भनाइ छ । मुकुन्द दाहाल अग्रज खेल पत्रकार मुकुन्द दाहालले एनपीएलले नेपाली क्रिकेटको भविष्य र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्भावना उजागर गरेको बताए । उनका अनुसार एनपीएलले विश्व क्रिकेटको ध्यान नेपालतर्फ आकर्षित गर्नुका साथै देशको अर्थतन्त्रमा समेत प्रभाव पार्ने सम्भावना देखाएको छ ।
