जापानमा नेपाली ३ लाख ३४ हजार नाघे, विद्यार्थी एक लाखभन्दा बढी; राजदूत नियुक्ति अझै अनिश्चित
भवानी भट्ट, टोकियो जापानमा नेपालीको जनसङ्ख्या ३ लाख ३४ हजार नाघेको छ। जापानको अध्यागमन सेवा निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२६ जुन मसान्तसम्म जापानमा बसोबास गर्ने नेपालीको सङ्ख्या ३ लाख ३४ हजार ८५० पुगेको हो। सन् २०२५ को अन्त्यको तुलनामा यो सङ्ख्या ३३ हजार ८५८ ले बढी हो। जापानमा विदेशी नागरिकको कुल सङ्ख्या पनि बढेर ४२ लाख ८१ हजार २६ पुगेको छ।
