हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अन्डरवाटर ड्रोन) कब्जा गरेको दाबी गरेको छ । तर, अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना सबै परिचालनमा रहेका मानवविहीन प्रणाली सुरक्षित र आफ्नै नियन्त्रणमा रहेको जनाएको छ ।
