SHARE
पर्दाफास · शनिबार १० असो २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको उद्घाटनमा सहभागी हुन ओली, प्रचण्ड र रविलाई निम्तो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिइएको छ। कांग्रेस सहमहामन्त्री उदयशमशेर राणा नेतृत्वको टोलीले तीनै जना नेतालाई भेटेर महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएको हो।