SHARE
Kalo Pati · बिहीबार ८ असो २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

लामो यात्रा नगर्न, बाढीको भिडियो नखिच्न र कृषिबाली जोगाउन सरकारको आग्रह

काठमाण्डौ । आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ्ने, पहाडी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।