बलिउड अभिनेता विवेक ओबेरोयलाई साक्षी राखेर नेपाली फिल्म ‘२६ करोड’को घोषणा
काठमाडौ । बलिउड अभिनेता विवेक ओबेरोयको उपिस्थतिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ भारतको मुम्बईस्थित ‘ताज ल्याण्ड्स एन्ड’मा आयोजित समारोहका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो । ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समाहरोहका बिच चलचित्रको घोषणा गरिएको हो ।
