SHARE
Samata Press · सोमबार ५ असो २०८३ १०:१९ PM · 1 मिनेट पढाइ

त्रिपुरेश्वरमा बस आगजनी प्रकरण: सहायक सिडिओको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वर चोकस्थित पार्किङ वे मा रोकिएको रिद्धिसिद्धि यातायातको बसमा भएको आगजनी घटनाको सत्य तथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार सोमबार बिहान करिब पौने ११ बजे त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बस त्रिपुरेश्वरको पार्किङ वे मा रोकिएको अवस्थामा आगजनी भएको थियो ।