काली मन्दिरमा पूजा गर्दा दलित महिलामाथि कुटपिट
बलिया (उत्तर प्रदेश)। भारतको उत्तर प्रदेशस्थित बलिया जिल्लाको रसडामा गाउँमा मन्दिरमा पूजा गरेको आरोपमा एक दलित महिलामाथि कुटपिट र दुर्व्यवहार भएको छ। गाउँको काली मन्दिरमा पूजा गरेको भन्दै दलित समुदायका नगीना राममाथि दुई युवकले कुटपिट गरेका हुन्। पीडितले दर्ता गराएको जाहेरीका आधारमा प्रहरीले विशाल सिंह र अंकित सिंहलाई पक्राउ गरेको छ। उनीहरूले नगीनालाई तल्लो जात भन्दै गालीगलौज गरेर दुर्व्यवहार गरेका थिए। त्यसपछि दुवैले आफूलाई कुटपिट गरेको नगीनाको आरोप छ। उनको उजुरीका आधारमा भारतीय न्याय संहिता (बीएनएस) तथा अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचार निवारण) ऐनका सम्बन्धित दफाअन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
