‘एन्फाको निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ’ : मन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री पोखरेलले यस्तो जानकारी गराएका हुन् ।
