SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय तहमा उठाउने तयारी गरेका छौँः सहसचिव ढकाल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीलाई जलवायुजन्य जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय तहमा जलवायु न्यायको मुद्दाका रूपमा उठाउने तयारी गरेको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्रालयका सहसचिव महेश्वर ढकालले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा उच्चस्तरीय कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।