SHARE
Kalo Pati · सोमबार ५ असो २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

बिजुलीमा भ्याट हट्ने, ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर  (भ्याट) हटाउने तयारी गरेको छ । घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था कार्यान्वयनमा आएको दुई महिनामै हटाउने तयारी भएको हो ।