अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनुभएको छ । भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जानुभएको थियो ।
