SHARE
Kalo Pati · शुक्रबार​ २ असो २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो परिमाण गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । गत आव साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स भित्रिएको थियो ।