मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिससहित विभिन्न चार वटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय समेत गरेको छ।
