SHARE
Kalo Pati · शुक्रबार​ २ असो २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

‘जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् । शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु परिवर्तनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने सन्देश दिएको बताए ।