राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्यायो
काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। आजदेखि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने भएको हो । साविककै आकार, रङ्ग र ढाँचा कायम राखिएको यस नयाँ नोटको सङ्केत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
