SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ १०:०० AM · 1 मिनेट पढाइ

मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी ६५ वर्षीया प्रदेशसभा सदस्य खातुनको आज निधन भएको फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख अमबेय खातुनले जानकारी दिइन् ।