प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै
काठमाडौँ । नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अर्को साता संयुक्त राज्य अमेरिका जाने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सो जानकारी दिएका हुन्।
