मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ । सिंहदरबारमा मंगलवार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएपनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।
