SHARE
Kalo Pati · आइबार​ २८ भौ २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली ९एफडब्लुसीएमएस० मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागिएको आशंकामा वैदेशिक रोजगार विभागले एफडब्लुसीएमएस प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो ।