SHARE
Samata Press · शनिबार २७ भौ २०८३ ०८:३४ PM · 1 मिनेट पढाइ

रुख र चारतारे झण्डा जता छ, म त्यही छु : सीता गुरुङ

काठमाडौँ। नेपाली कांग्रेसकी नेता सीता गुरुङले आफू कांग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डासँगै उभिने स्पष्ट पारेकी छन्।  शनिबार शशांक कोइराला पक्षले महाधिवेशनका लागि खटाएको प्रतिनिधि मण्डलमा आफ्नो नाम समावेश भएकोप्रति असहमति राख्दै उनले भ्रममा नपर्न आग्रह गरेकी छन्।  'भ्रममा नपरौँ। नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे झण्डा जता छ, म त्यही छु। सहमति , सहकार्य र एकता आजको आवश्यकता,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्।