SHARE
Samata Press · शुक्रबार​ २६ भौ २०८३ ११:१५ PM · 1 मिनेट पढाइ

नाबालिका गरिमा बलात्कारपछि हत्या प्रकरण: मुख्य अभियुक्त २० हजार धरौटीमा र अन्य सबै साधारण तारेखमै छुटे

बर्दिबास । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा भएको ३ वर्षीय बालिका गरिमा चौधरीको अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतले मुख्य प्रतिवादी प्रोग्रेश चौधरी (पुरग्रेश चौधरी)लाई २० हजार धरौटीमा छोडेको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले बिहीबार उक्त मुद्दामा यस्तो आदेश दिएको हो । त्यसै मुद्दामा आरोपित अन्य नौ जना प्रतिवादीलाई भने पर्याप्त प्रमाणको अभाव रहेको भन्दै साधारण तारेखमा छोड्न आदेश दिएको छ । जाहेरी र मिसिलमा उल्लेखित विवरण अनुसार, गत साउन ३१ गते बिहान आठ बजे तीन वर्षीय नाबालिका गरिमा चौधरी घर नजिकै रहेको प्रतिवादी प्रोग्रेश चौधरीको घरमा खेल्न गएकी थिइन् ।