SHARE
Samata Press · शुक्रबार​ २६ भौ २०८३ १०:५३ PM · 1 मिनेट पढाइ

कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : नेता शाही 

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।  शुक्रबार सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पार्टीभित्र देखिएका वाद विवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहङ्कार त्यागेर सबै पक्ष लचक बनेर पार्टी एकताको पक्षमा सहमति र सहकार्य गरेर अगाडि बढ्दा मात्रै एकता महाधिवेशनको अर्थ रहने उल्लेख गरेका छन् । नेता शाहीले महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको कुनै औचित्य नरहनेपनि ठोकुवा गरेका छन् ।  ‘महाधिवेशन भनेको एउटा पर्व, एउटा उत्सव र नेतृव परिवर्तनको एउटा अवसर हो।