SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग

काठमाडौं । विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुले संकलन गरेको ४० लाख ८० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ । उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गरे ।