SHARE
Kalo Pati · शुक्रबार​ २६ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो । ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ ।