SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर । झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका–८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् ।