SHARE
Kalo Pati · शुक्रबार​ २६ भौ २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

‘चिलिमेको सुरुङभित्र फसेकाहरू सकुशल रहेको हुनसक्ने आशा जागेको छ’: कुलमान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा फसेका कर्मचारी सकुशल रहेको हुनसक्ने आशा बढेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङसँग खोज-उद्धारका लागि प्राविधिक सहयोग मागिएपछि उनी २ दिनअघि रसुवातर्फ गएका थिए ।