SHARE
Kalo Pati · शुक्रबार​ २६ भौ २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।