विदेशमा रहेका नेपालीलाई मतदान गराउन विद्युतीय भोटिङ मेशिनदेखि आई-भोटिङसम्मको विकल्प अध्ययन
निर्वाचन आयोगले विदेशमा तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउने विषयमा विभिन्न प्राविधिक विकल्पबारे विज्ञ तथा सरोकारवालासँग उच्चस्तरीय छलफल गरेको छ।
