‘अदालतले फैसला गर्ने हो, कार्यान्वयनका लागि छुट्टै न्यायिक प्रहरी चाहिन्छ’: सांसद चौलागाईं
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाईंले अदालतका फैसला कार्यान्वयनका लागि ‘न्यायिक प्रहरी’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
