‘एलिफेन्ट इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डका तीन विधामा मनोनयन
काठमाडौं । अविनाश विक्रम शाह निर्देशित सिनेमा ‘एलिफेन्ट इन द फग’ १९ औँ एसिया प्यासिफिक स्क्रिन अवार्डको तीन विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन एकेडेमीले छनोट गरेको ३२ देशको ३६ सिनेमाको मनोनयन सूची सार्वजनिक गरेको छ ।
