SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

ओमानसँगको सेमिफाइनलमा नेपालको ब्याटिङ फ्लप

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपाल ओमानविरुद्ध १४७ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। बसिर अहमदले ४७ रनको योगदान गरे ।