SHARE
Kalo Pati · बुधबार २४ भौ २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

‘पहिला भत्किएका पुल बनाऔँ’: सांसद कँडेल

काठमाडौँ । नेकपा एमालेका सांसद डा.पुष्पराज कँडेलले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल कनेक्टिभिटीलाई जोड्न आवश्यक रहेको बताएका छन् । बुधबार सङ्घीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले यस्तो बताएका हुन् । उनले विपद्को समयमा विदेशी ऋणभन्दा अनुदान सहायतामा जोड दिन सरकारसँग माग गरे ।