पूर्वाधार मर्मत तथा विस्तारमा प्रभावकारी बन्दै दमौली सडक डिभिजन
तनहुँ । सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका क्षेत्रमा विभिन्न काम सम्पन्न गरेको छ । कार्यालयले उक्त आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक खोल्नेदेखि सडक ग्राभेल, कालोपत्र, ढलान तथा नियमित मर्मतसम्भारलगायत काम गरेको हो ।
