SHARE
कालिका खबर · मङगलबार २३ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि सीमित, सरकारमाथि कमन जेनजी नेपालको प्रश्न

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको र समस्याहरू झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको छ। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वक्तव्य जारी गर्दै आन्दोलनको उपलब्धि र वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन्। साहले जेनजी आन्दोलनबाट अपेक्षित ठूलो राजनीतिक परिवर्तन हुन नसकेको दाबी गर्दै रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको प्रधानमन्त्री पदमा आरोहणबाहेक आम नागरिकले अनुभूति गर्नसक्ने उल्लेखनीय परिवर्तन नदेखिएको टिप्पणी गरेका छन्।