SHARE
कालिका खबर · मङगलबार २३ भौ २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

प्रतिक्रियावादी शक्तिले बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काठमाडौंमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७ औं स्मृति सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताए । उनले भने, ‘२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो ।