विपद्मा हातेमालोः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग
काठमाडौँ। नेपाल मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित परिवारका लागि संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन्। प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै दुवै मेडिकल कलेजले उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्।
