SHARE
Samata Press · मङगलबार २३ भौ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

आज जेनजी सहिद दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । गत वर्ष जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा आज जेनजी सहिद दिवस मनाइँदै छ ।  सरकारले भदौ २३ लाई जेनजी सहिद दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा समेत दिएको छ।  गतवर्ष भदौ २३ मा जेनजी आन्दोलन भएको थियो। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर जेनजी युवाहरूको ज्यान गएको थियो।  सोही आन्दोलनपछिको उथलपुथलले मुलुक नयाँ राजनीतिक परिस्थितिमा आइपुगेको हो।