विद्यालयका बस चालक तथा सहचालकलाई सुरक्षा प्रशिक्षण
कपिलवस्तु, २२ भदौ । विद्यार्थी ओसारपसार गर्ने विद्यालयका बस चालक तथा सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बाणगंगा र शिवराज नगरपालिकामा सञ्चालित विद्यालयलाई लक्षित गरी सडक सुरक्षा तथा सचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।
