बाढी प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित अस्थायी बसोबास
काठमाडौं। भदौ १० गते रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा आश्रयविहीन नागरिकका लागि सुरक्षित अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विशेष पहल अघि बढाएको छ। बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता र संवेदनशीलताअनुसार छुट्टाछुट्टै स्थानमा अस्थायी बसोबास तथा संरक्षणको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकका लागि समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति, काठमाडौं 📞 ९८४१४६०८४६, ९८४९६०७१०२ महिलाका लागि समाज कल्याण परिषद्को भवन, बुढानीलकण्ठ, काठमाडौं 📞 ९८४१६१४५८६ बालबालिकाका लागि गोदावरी–२, ठेचो, ललितपुर 📞 ९८४३०२१४७१, ९८४१३८६८७१ अपाङ्गता भएका व्यक्तिका लागि 📞 ९८६००९७८९९ मन्त्रालयले बाढीका कारण आश्रयविहीन तथा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक संरक्षण उपलब्ध गराउने र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। सम्बन्धित संघ–संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी प्रभावित नागरिकको सुरक्षा, संरक्षण र सुरक्षित अस्थायी बसोबास सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
