सुदूरपश्चिमका प्रदेश प्रमुख र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
धनगढी। प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री खगराज भट्टबीच भेटवार्ता भएको छ। सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक भएसँगै मुख्यमन्त्री खगराज भट्ट न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउन र आगामी बजेटका विषयका बारेमा छलफल गर्न प्रदेश प्रमुख कहाँ पुगेका थिए। मुख्यमन्त्री भट्टले सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए। प्रदेश प्रमुख र मुख्यमन्त्री बीच आगामी बजेटका बारेमा समेत छ्लफल भएको थियो ।
