SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष

चितवन । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३ औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उनी पढेको विद्यालयलाई अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो ।