SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकामा आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १८ गते बसेको बैठकले भदौ १० गतेको बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिको सम्मानस्वरुप उक्त घटना भएको १३ औँ दिनको पुण्य तिथिका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।