सिटिजन्स बैंकद्वारा बाढीपीडितका लागि २.२२ करोड रुपैयाँ आर्थिक सहयोग
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
